एन्थोनी अस्ट्रेलियाको प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित

काठमाडौं । अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज निर्वाचित भएका छन् ।
आज आएको अन्तिम मत परिणाम अनुसार उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । जनमत सर्वेक्षणमा पछि पर्दै आएका एन्थोनी अन्तिममा नतिजा आउँदा चमत्कारपूर्ण ढंगले निर्वाचित भएका छन्।

निर्वाचितपछि प्रधानमन्त्री एन्थोनीले आफ्नो पार्टीलाई मत दिएर जिताएकोमा अष्टे«लियावासी सबैलाई धन्यवाद दिएका छन् । आफुलाई दोस्रो पटक प्रधानमन्त्रीका रुपमा सेवा गर्ने मौका दिएकोमा खुशी व्यक्त समेत गरेका छन् ।

प्रधानमन्त्री एन्थोनीले जनताले पछिल्लो सामय भोगिरहेको महँगी, आवास, आदीवासी जनजाति लगायतका समुदायको समस्या समाधानका लागि भोलीदेखि नै काम गर्ने आश्वासन दिएका छन् ।

लेबर पार्टीका नेता रहेका एन्थोनी पहिलो कार्यकालका लागि २०२२ मा निर्वाचित भएका थिए । उनि बिगत ३० बर्षदेखि सांसद रहँदै आएका छन् । उनि सत्तामा आएपछि उनको लोकपृयता ह्वात्तै बढेको छ ।

अस्ट्रेलियामा सिधै प्रधानमन्त्रीलाई भोट हालेर जिताउँदैनन् । उनिहरुले आफुलाई मन परेको पार्टीका सांसदहरुलाई भोट हाल्छन् । जुन पार्टीका सबैभन्दा बढि सांसद जित्छन् त्यही पार्टीको नेता प्रधानमन्त्रीमा चुनिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार