काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीएकीकरणको सबै काम अब चाडैं टुंगो लाग्ने बताएका छन् । पटक पटक गरिएका प्रयास अन्तिम चरणमा पुगेकाले अब असार मसान्तभित्र सम्पूर्ण काम सम्पन्न हेने बताएका हुन् ।
मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पार्टी एकता गर्ने कार्य लम्बिदैमा निरास हुनुपर्ने अवस्था नभएको बताएका छन् ।
त्यसैगरी उनले सरकारको चौतर्फि आलोचनाका विषयमा पनि बोलेका छन् । उनले भने, “यो सरकारले आफ्नो लक्ष्य र उदेश्यका साथ काम गरिरहेको छ, यो आर्थिक बर्षमा सक्रियताका साथ अघि बढ्ने छ ।”
उनले बाहिर आलोचना गरे जस्तो सरकार नभएको भन्दै लोकतन्त्रको सुदृढिकरणका लागि प्रयत्नरत रहेको दाबी समेत गरेका छन् ।












