धनगढी । मध्ये तथा सुदरपश्चिममा गाइने देउडा गीतकी रानी एंव चर्चित देउडा गायिका डिक्रादेवीको पहिलो भिडियो ‘सुवा काँ भागिग्या’ गीति एल्वमको विमोचन गरिदै छ । बुधबार धनगढीको ‘द रुवोस होलटमा ‘ एल्वमकाे भव्य समारोहकाबीच सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीद्धारा विमोचन गरिन लागिएको हो ।
आफ्नो नायन क्षेत्रलाईबाट केही समय हराएकी डिक्रादेवीले करिब ११ वर्षपछि यो गित रेकर्ड गरेकी छन् । उनले यो गीत बाट फेरी गायन क्षेत्रमा प्रवेश गरेकी छन् । उनको यो गीतको भिडियो समेत निमार्ण गरिएको छ । भिडियो अनमोल क्रिएटिभ मिडिया प्रालिले निमार्ण गरेको हो ।
‘सुवा काँ भागिग्या ‘ गीतको शव्द संगित पत्रकार केपी अनमालले गरेका हुन् भने स्वर डिक्रादेवीकै रहेको छ । सुदुरपश्चिममका सुन्दर रमणीय ठाँउमा निमार्ण गरिएको भिडियोको कन्सेप्ट पनि पत्रकार केपी अनमालेले गरेका हुन्।
भिडियोको निर्देशन रमेश बिजुली बिसी गरेका छन्। भिडियाेमा रमेश बिजुली बिसी र सविता नुसारले अभिनय गरेका छन्। मिडियोकाे छायांकन भने सोनु विकले गरेका छन् ।













