सझा यातायातले सुरु गर्यो रात्रिकालिन सेवा, कहाँ कहाँ चल्छन् हेनुहोस्

काठमाडौं । काठमाडौं उपत्यकामा साझा यातायातले रात्रिकालीन बस सेवा सुरु गरेको छ । मंगलबारबाट तीनवटा रुटमा राति १० बजे सम्मका लागि सेवा सुरु गरेको हो ।

राति १० बजेसम्म चल्न बस न्यूरोड गेटबाट टिचिङ हस्पिटल हुँदै नारायण गोपाल चोक–नयाँ बसपार्कमा बस सेवा सुरु गरेको हो ।

त्यसैगरी न्यूरोड गेटबाट नयाँ बानेश्वर–एयरपोर्ट–चावहिल हुँदै नयाँ बसपार्क र न्यूरोड गेटबाट एनएसी–रत्नपार्क हुँदै त्रिपुरेश्वर–टेकु–कालीमाटी–कलङ्कीसम्म बस चल्लेछन् ।

साझाका अन्यबस भने राति नौ बजेसम्म चल्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार