काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानका यात्रुबाट प्रत्येक उडानवापत १ हजार रुपैयाँ विमानस्थल शूल्क असुल गर्ने स्वीकृति पाएको छ ।
नेपाल सरकारले उक्त शूल्क स्विकृतीका लागि अनुमती दिएपछि अबदेखि नेपालबाट विदेश जाने हरेक यात्रुले १ हजार विमानस्थल शूल्क तिर्नु पर्ने छ ।
विदेश जाने यात्रुबाट लिइदै आएको यो शूल्कको अवधि ३१ असार २०७५ मा सकिएको थियो । शूल्क अवधि फेरि थप्न सरकारले ढिला गरी स्वीकृति दिएको छ । सरकारले दिएको स्विकृती अनुसार अब आगामी ५ वर्षसम्म प्राधिकरणले हरेक यात्रुबाट १ हजार रुपैयाँ विमानस्थल शूल्क असुल गर्ने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलका अनुसार आर्थिक वर्ष २०७१र७२ बाट त्रिभुवन विमानस्थलबाट बाहिरिने प्रत्येक यात्रुबाट विमानस्थल विकास शूल्क (एडीएफ) उठाउन थालिएको हो ।
हरेक महिना वायुसेवा कम्पनीले बोकेको यात्रु संख्या गणना गरी प्राधिकरणले वायुसेवा कम्पनीबाट उक्त रकम एकमुष्ट असुल गर्दै आएको छ ।











