नेपालमा पहिलो पटक नेपाल युवा उद्यमशीलता सम्मेलन हुने

काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सम्मेलन यही साउन २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको हो ।

प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय युवा परिषदको आयोजनामा सम्मेलन आयोजना गर्न लागिएको हो ।

युवाहरुलाई उद्यमशील बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिएका छन् ।

मन्त्री अरुण नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युवाहरुलाई उद्यमी बन्नका लागि दिशा निर्देश गर्न सम्मेलन गर्न लागिएको बताए ।

सम्मेलनमा छनौटमा परेका देशभरका ५०० बढी युवा उद्यमीहरु सहभागी हुनेछन् । भने उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्मेलनमा ‘युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतीहरु’ विषयक अन्तरक्रियासमेत आयोजना गरिनेछ । अन्तरक्रिया निजी क्षेत्रका सफल व्यवसायीहरुले पनि आफ्ना सफलताका कथाहरु प्रस्तुत गर्ने छन् ।

यसका साथै सम्मेलनमा उद्यमी बन्नका लागि आवश्यक ज्ञान, सीप, दक्षता र लगानीको विषयमा विस्तृत छलफल हुनेछ बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार