डिभी परेर अमेरिका गएका वडा अध्यक्षले बल्ल राजिनामा दिए


मकवानपुर । डिभी परेर अमेरिका उडेका मकवानपुरका एक वडा अध्यक्षले पदबाट राजिनामा दिएका छन् । निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका हुन ।

पाँच महिनाअघि अमेरिका उडेका घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा दिएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए।

तीन महिनाका लागि विदा लिएका वडाअध्यक्ष घिसिङ पाँच महिनासम्म पनि अमेरिका मै रहेको समाचार विभिन्न संचारमाध्यमहरुमा आएपछि उनि राजिनामा दिन बाध्य भएका हुन ।
वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको राजीनामा पत्रमा उल्लेख गरेको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुस

वडाध्यक्षलाई डिभी परेपछि अमेरिका टाप

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार