रवि लामिछाने आज रिहा होलान ? तीनै जनालाई अदालतमा पेस गरिदैं

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएर विगत दश दिनदेखि प्रहरी हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने लगायत ३ जनालाई आज अदालत पेश गरिदैछ ।

अनुसंन्धानका लागि अदालतद्धारा दिइएको दोस्रो पटक ५ दिनको म्याद शनिबार सकिएपछि आज आइतबार उनलाई प्रहरीले अदालतमा पेस गर्न लागेको हो । प्रहरीका अनुसार उनिहरुलाई आइतबार बिहान ११ बजे अदालतमा पेश गर्ने तयारी छ ।

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणको भिडियो र पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले संचारकर्मी लामिछाने, उनकै सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी अदालतको आदेशमा विगत दश दिनदेखि हिरासतमा राखेर अनुसंन्धान गरिरहेको छ ।

पत्रकार पुडासैनी गत साउत २० गते चितवनको बसर्पाकस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।

रवि आज रिहा होलान ?
पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका रवि लगायत तीनै जना आज फेरि अदालतमा उपस्थित हुदैछन् । दश दिनसम्म हिरासतमा रहेका उनिहरुलाई अदालतले आज रिहा गर्छ या गर्दैन भन्ने कुरा सबैको चासोको बिषय बनेको छ ।

अनुसंन्धाबाट प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्ने गर्छ तर स्रोतका अनुसार उक्त मिसिल तयार भएको छैन । मिसिल तयार नभएकोखण्डमा सरकारी वकिलले म्याद थपका लागि आरोपितलाई अदालतमा उभ्याइनेछ ।

मिसिल तयारका लागि प्रयाप्त प्रमाण नजुटेको भए थप अनुसन्धानका लागि म्याद थप गरिनेछ । यदि अनुसन्धान सकिएको भए मुद्धा दर्ता भएर कानुनी प्रकृया अघि बढ्ने कानुन ब्यवसायिहरुको भनाई छ ।

लामिछाने लगायत तीनजनाविरुद्ध अभियोग पत्र तयार भइ मुद्धा दर्ता भएमा लामिछानेलगायतका वकिल र सरकारी वकिलबीच बहस सुरु हुनेछ ।  बहस सकिएपछि लामिछाने आज रिहा हुने नहुने बारे न्यायधिशले निर्णय गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार