पशुपति मन्दिरमा साँझको आरतीअघि राष्ट्रिय गान बजाउन सुरु


काठमाडौं । नेपालको मुख्य धार्मिक प्रर्यटकिय स्थल पशुपति मन्दिरमा आजदेखि (शुक्राबार) आरती अघि राष्ट्रिय गान बजाउन सुरु गरिएको छ ।

संस्कृती, प्रर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले आजैदेखि साँझको आरती अघि राष्ट्रिय गान बजाउन सुरु गरेको हो ।

पशुपति मन्दिरमा हरेक दिन साँझ बिशेष आरती हुने र त्यहाँ स्वदेशी तथा विदेशी प्रर्यटकहरु हेर्न आउने भएकाले उक्त महत्वपुर्ण स्थानमा नेपालको राष्ट्रिय गानबाट आरती सुरु गरिदा राम्रो सन्देश जाने भएकाले यस्तो ब्यवस्था गरियो मन्त्रीका स्वकिय सचिव प्रेम गुरागाँईले जानकारी दिए ।

मन्त्री भट्टराईले देशको हवाई र प्रर्यटन विकासलाई महत्व दिई दुर्तगतीमा काम कारवाही अगाडी बढाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार