
जेन्सी । एक पत्नीले आफ्नै पतिलाई डोरीले बाँधेर उनको लिङ्ग काटिदिएकी छन् ।
उत्तरी क्यारोलिनाकी ५६ वर्षीय भिक्टोरिया थोमस फ्राबटले आफ्ना ६१ वर्षीय पति जेम्स फ्राबटलाई बाँधेर गुप्ताङ्ग काटिदिएकी हुन् ।
मेलअनलाइनका अनुसार न्युपोर्टको मरडोट रोडमा रहेको घरभित्रै उनले यस्तो गरेकी थिइन् । लिङ्ग काटिदिएपछि जेम्स ग्रीनभिलेस्थित भितान्त मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको छ ।
चिकित्सकहरुले उनको लिङ्गको उपचारपछि पनि काटिएको भाग जोड्न नसकिने बताएका छन् ।अनुसन्धानकर्ताका अनुसार फ्राबटको काटिएको लिङ्ग बरामद गरेका थिए ।
अंग चिसो हिउँमा राखेर अस्पताल लगिएको थियो । श्रीमानको लिङ्ग काट्ने भिक्टोरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीमाथि क्रुरतापूर्वक हमला गरेको र बन्धक बनाएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
उनले अब जमानतमा रिहा उनका लागि १ लाख डलर तिर्नुपर्नेछ । भिक्टोरियाले यसरी किन श्रीमानको लिङ्ग काटिदिइन् भन्ने बारेमा प्रहरीले पनि कुनै जानकारी गराएको छैन ।








