पोखरा । उपनिर्वाचनका लागि मतदान भइरहेका बेला मतदान स्थल नजिकै बम विस्फोट भएको छ । पोखराको सरस्वती टिका मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको हो ।
मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुन पुगेको स्थानीयले बताएका छन् । बम विस्फोटबाट कुनैपनि क्षती नभएको प्रहरीले बताएकाे छ ।
कास्की निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभाका लागि नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेल चुनावी मैदानमा छन् ।
यसअघि पनि सोही क्षेत्रमा नेकपाको चुनावीसभा भइरहेका बेला नजिकै बम विस्फोट भएको थियो । प्रहरीले विस्फोट गराउनेलाई खोजी रहेको बताएको छ ।









