छात्रालाई मासिक सेनेटरी प्याड वितरण गर्न सुरु

काठमाडौँ । महिनावारी हुँदा निशुल्क सेनेटरी प्याड दिने सरकारको घोषणा अनुसार सामुदायिक विद्यालयहरुमा छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्न थालिएको छ ।

मन्त्रिपरिषद्ले प्रत्येक छात्रालाई मासिक १६ थान प्याड उपलब्ध गराउने कार्यविधि स्वीकृत गरेपछि प्याड वितरण सुरु गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुर माविका छात्राहरूलाई प्याड हस्तान्तरण गर्दै वितरण शुभारम्भ गरिएको छ ।

सरकारको निर्णयअनुसार ६ देखि १२ कक्षासम्मका छात्राले हरेक महिनावारी चक्रमा १६ थानका दरले प्याड सित्तै पाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए ।

महिनावारीमा पनि छात्राहरूको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहमा प्याड खरिदका लागि बजेट पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार