सुरु भयो नयाँवर्ष २०२०

काठमाडौं । आजबाट इस्वी संवत सन् २०२० शुरु भएको छ । नयाँ वर्ष सन् २०२० लाई विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेर मनाइरहेका छन् ।

नेपालमा पनि नयाँ ठाउँमा घुमिफेर गर्ने र मिठो मसिनो खाएर विदेशी पाहुनालाई स्वागत गर्दै एक आपसमा नयाँ वर्षको शुभकामना आदान प्रदान गरिरहेका छन् ।

इस्वी संवतको अवसरमा नेपालका काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहा, इलाम लगायतका ठाउँहरुमा मानिसहरु भेला भएका छन् । ती स्थानका होटलहरुमा शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

त्यस्तै सन् २०२० को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सबै दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् । उनले नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने उल्लेख गरेका छन् ।

नयाँ वर्षको इतिहास हेर्दा इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । नयाँ बर्ष इस्वी संवत ग्रेगोरी क्यालेन्डरमा आधारित हुन्छ ।

सुरुमा  इस्वी संवतलाई इसाई संवत पनि भनिन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार