महिनावारी भएको जाँच्न छात्रालाई लुगा खोल्न लगाउने प्रधानाध्यापक सहित चार पक्राउ

भारत । छात्रालाई महिनावारी भए, नभएको जाँच्न लुगा खोल्न लगाउने एक स्कुलका प्रधानाध्यापक सहित चार जना पक्राउ परेका छन् । भारतको गुजरातको भुजस्थित श्री सहजनन्द गर्ल्स इन्स्टिच्युटका प्रधानाध्यापकले होस्टेलमा बस्ने ६८ जना छात्रालाई महिनावारी जाँच गर्न कपडा फुकाल्न लगाएको भन्दै पक्राउ परेका हुन् ।

प्रकाउ पर्नेमा प्रधानाध्यापक रिता रनिगा, संयोजक अनिता चौहान, होस्टल निरीक्षक रमिला हिरानी र पिउन नेना गोरासिया रहेका छन् ।

उनीहरुले गत साता छात्राले महिनावारी भएको बेला धार्मिक मान्यताको उल्लंघन गर्दै विद्यालय आएको भन्दै कपडा फुकाल्न लगाइएको थियो । उनीहरुलाई कपडा खोल्न लगाउनेलाई प्रहरीको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका चारै जनालाई अदालतले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार