७५ लाख बढिको चेक बाउन्सको मुद्दामा फरार ठेकेदार भेटवालद्धारा आत्मसर्पण


काठमाडौं । चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् ।

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत रहेका भेटवालले मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् ।

भेटवाल ७५ लाख १० हजार रकमको रेक बाउन्स गरेर ठगी गरेको आरोपमा प्रहरीको उनलाई खोजिरहेको थियो । काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए ।

मंगलबार बिहान उनी भारतबाट त्रिवि एयरपोर्ट हुदै प्रहरी परिसर टेकु पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ताडीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

भेटवाललाई बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर आजैअदालतमा म्याद थप्ने तयारी भइरहेको प्रवक्ता बोगटीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार