
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारद्धारा गरिएको एकहप्ते लक डाउनमा केहि खुकुलो गरेको छ ।
मंगलबार साँझ गृह मन्त्रालयद्धारा जारी गरिएको विज्ञप्ती अनुसार लक डाउनमा केहि खुकुलो गरिएको हो ।
जारी विज्ञप्तीअनुसार लक डाउनका बेला स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा संचार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायतका आवश्यक वस्तुहरुको कारोबार गर्ने पसल तथा सेवा निर्वाधरुपमा संचालन हुनेछन्।
लक डाउनको पहिलो दिन आवश्यक बस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको उल्लेख गर्दै भोलिदेखि त्यस्ता वस्तुहरुको कारोबार गर्ने पसलहरु निर्वाधरुपमा सञ्चालन गर्न अनुरोध गरेको छ ।
यस्तै मन्त्रालयले कुनै जरुरी काम नपरिकन पनि सवारी पास माग गर्ने प्रवृत्ति बढेकोमा विज्ञप्तीमार्फत गुनासो समेत गरेको छ ।
मंगलबार बिहान ६ बजेदेखि लागू भएका लकडाउनको घोषणा आगामी चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।














