
काठमाडौं । मस्जिदहरुमा लुकेर बसेका जमातीहरुमा कोरोना संक्रमण देखिएपछि काठमाडौंका मस्जिदहरुमा अनुगमन गरिएको छ । काठमाडौंका मस्जिदहरुमा पनि जमाती हुनसक्ने भन्दै मंगलबार चार वटा मस्जिदकाे अनुगमान गरिएको हो ।
काठमाडौंको रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुन्धारा र स्वयम्भुस्थित भुइँखेलका मस्जिदहरूको अनुगमन गरेको बताइएको छ ।
चारवटै मस्जिदहरुमा जमाती नभेटिएको अनुगमान टोलीले जनाएको छ । अनुगमान टोलीमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल लगायत रहेका थिए ।
वीरगञ्जको छपकैया र उदयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका जमातीमा कोरोना भेटिएपछि काठमाडौंका मस्जिदको अनुगमान थालिएको हो ।











