
काठमाडौं । अन्तत सरकारद्धारा विवादित अध्यादेश फिर्ता भएको छ । सोमबार जारी गरिएको अध्यादेशबारे चर्को विरोध भएपछि सरकारले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो ।
शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी जारी दुबै अध्यादेशलाई फिर्ताका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
संविधानमा ब्यवस्था भएअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले जारी अध्यादेश खारेज गर्ने व्यवस्था छ ।
राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो ।
जुन अध्यादेशले नेपालको राजनीति नै उथलपुथल गरिदिएको थियो ।













