बारामा पनि प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि


बारा । बारामा एकजना प्रहरी जावनमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत नेपाल प्रहरीको जवानमा संक्रमण पुष्टि भएको हो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल लाने तयारी भइरहेको प्रहरी कार्यालयले बताएको छ । उनको सम्पर्कमा आएका २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

यो विषयमा थप जानकारी अहिले केहिबेरमा मन्त्रालयको पत्रकार सम्मेलनमा दिइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार