
मोरङ । विराटनगरका एक औषधि व्यावसायीको शंकास्पद मृत्यु भएको छ ।विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल मृत आइतबार बिहान भेटिएका हुन ।
प्रहरीका अनुसार उनको शरीरमा निलडाम छ । घटना शंकास्पद देखिएकाले प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । शव पोष्टमार्टमका लागि कोशी अस्पताल ल्यायएको छ ।
दुलाल शनिबार राति अबेरसम्म विराटनगरका दुईजना साथीसँग बसेका थिए । राति अबेर डेरामा सुतेका उनी विहान अचेत अवस्थामा भेटिएका थिए ।
देवी माँ पाथीभरा फर्मा सञ्चालन गर्दै आएका उनी राति सुतेकै ठाउँमा अचेत अवस्थामा भेटिएपछि श्रीमतीले आइतबार बिहान करिब ३ बजे कोशी अस्पताल ल्याएकी थिइन् ।
मृतक दहालको नाक, हात, घाँटी र आँखाको डिलमा चोट देखिएपछि प्रहरीले सोधपुछका लागि श्रीमती र शनिबार रातिसँगै बसेका दुईजनालाई नियन्त्रणमा लिएको छ ।










