संसदमा भयो लफडा, विवाद चर्किएपछि यसरी निकालियो सांसदलाई (भिडियोसहित)


हङकङ । हङकङको संसदमा लफडा भएको छ । प्रजातन्त्रवादी र सरकारवादी सांसदबीच विवाद चर्किएपछि सांसदलाई नै बैठकबाट हुत्याएर बाहिर निकालएको छ ।

सोमबार संसदमा चीनको राष्ट्रगानका बिषयमा एक विधेयक संसदमा प्रस्तावीत भएपछि त्यसमाथि छलफल भइरहदा चर्काचर्की भएपछि प्रजातन्त्रवादी सर्मथक सांसदलाई बलपूर्वक निकालिएको हो ।

जुन विधेयकमा चिनियाँ राष्ट्रगानमाथि नकारात्मक टिप्पणी गर्नुलाई अपराधका रूपमा ब्याख्या गरिएको छ । सोही बिषयमा दुईपक्षका सांसदबीच विवाद भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

संसद बैठकमा भएको उक्त घटना भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा डेमोक्रेटिक पार्टीका अध्यक्ष वू ची–वाईलाई चैंबरका सुरक्षाकर्मीले समातेको देखिन्छ । त्यसपछि उनलाई बलपुर्वक बैठक हलबाट बाहिर निकालिएको देख्न सकिन्छ । झडप जस्तो देखिएको उक्त दृष्यमा एकजना सांसद भुँइमा लडेका छन् ।

बीबीसीका अनुसार, खासगरी उक्त अध्यादेशको अध्ययन गर्ने र त्यसका लागि मतदानको मिति तोक्ने संसदीय समितिको नेतृत्वबारे सांसदहरू दुई समुहमा विभाजित छन् ।

गत साता संसद्‌का अध्यक्ष चान किन–पोरलाई उक्त समितिको नेतृत्व छान्ने अधिकार प्रदान गरिएको थियो । चान चीन पक्षधर सांसद हुन् ।सुरक्षाकर्मीबाट घेरिएका चानले सोमबार प्रक्रिया अघि बढाउने छनक दिएका थिए । लगत्तै प्रजातन्त्र पक्षधर सांसद विरोधमा उत्रिएका थिए ।

यद्यपि, विवादकै बीच बेइजिङलाई समर्थन गर्ने स्टारी लीलाई उक्त समितिको अध्यक्ष बनाइएको छ । सरकारपक्षले राष्ट्रगानसम्बन्धी कानून अघि बढाउने तयारी गरिएपछि त्यहाँका प्रजातन्त्रवादी सांसदहरू सशंकित भएका छन् । हङकङको प्रजातन्त्र संकुचन गर्न यस्तो कानून अघि सारिएको उनीहरूको बुझाई छ ।

पछिल्लो एक बर्ष यता त्यहाँ तिके तनाव बढेको छ । लोकतन्त्र सर्मथकहरुले पटक पटक विरोध प्रदर्शन गदैृ आएका छन् ।

संसद बैठकमा भएको लफडाको यो भिडियो हेर्नुहोस

राष्ट्रगान सम्बन्धिको विधेयकलाई लिएर हङकङको संसदमा यस्तो लफडा भएको छ ।

राष्ट्रगान सम्बन्धिको विधेयकलाई लिएर हङकङको संसदमा यस्तो लफडा भएको छ । विवाद चर्किएपछि एक सांसदलाई यसरि बैठकबाट हुत्याएर बाहिर निकालिएको छ । -भिडियो सामाजिक संजाल

Posted by Anmol Media on Monday, May 18, 2020

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार