काठमाडौँ । आगमी आर्थिक वर्षमा सरकारले कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट रकम विनियोजन गरेको छ ।
सरकारले अनुदान लिएर खेती गर्न चाहनेलाई पनि रकम विनियोजन गरेको छ । तर, सामूहिक खेती गर्नेलाई मात्रै शीतभण्डारको लागि अनुदान दिइने छ ।
संसदमा अर्थमन्त्री, युवराज खतिवडाले २ सय खाद्य भण्डारण स्थापनाको लागि १ अर्ब बजेट छुट्याइएको पनि जानकारी दिएका छन् । यस्तै सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण गरिने गरिने भएको छ ।
खेती गर्नु अगामै रासायनिक मल उपलब्ध गराउने उद्देश्यसहित अनुदानका लागि ११ अर्ब विनियोजन गरिएको छ । उखु किसानलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको छ ।










