
काठमाडौं । नेपाल प्रहरीको नयां नेतृत्वमा शैलेस थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई प्रहरीको २८ औं प्रहरी महानिक्षिक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको हो ।
वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए ।
थापा र पाल एकै दिन इन्सीपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेर गरेका थिए । पछिल्लो बढुवामा दुबै जनाको सँगसँगै भएको थियो ।
नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् ।
थापा २०७६ चैत ९ गते नायब महानिरीक्षक ९डीआईजी०बाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलीबाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले रिक्त स्थानमा क्षेत्रीलाई बढुवा गरेको हो ।











