काठमाडौं । एकैदिन थप दुई सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितमा दुई सय ७० जना पुरुष र १८ जना महिला रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।














