संखुवासभामा पहिरोले ८ घर बगायो, ११ जना बेपत्ता

संखुवासभा । संखुवासभामा गएराति पहिरो जाँदा ८ घर बगेका छन् भने ११ जना बेपत्ता भएका छन् । जिल्लाको सिलिचोङ गाउँपालिकामा १ मा लगातारको वर्षाले पहिरो जाँदा घटना भएको हो ।

पहिरो प्रभावित क्षेत्रमा प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय सखुवासभाले जनाएको छ । लगातारको पानीले बाटोपनि प्रभावित भएकाले समयमै उद्धार टोली घटनास्थल पुग्न सकेको छैन् । जिल्लाका अरु ठाउँमा पनि पहिरो गएकाले यकिन जानकारी नआएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार