
सप्तरी । पछिल्लो २४ घण्टामा सप्तरीको एउटै वडाका २५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका २५ जनामा कोरोना पुष्टि भएको हो ।
आइतबार सप्तरीमा २७ जना नयाँ संक्रमित फेला परेकोमा २५ जना तिलाठी कोइलाडी गाउँपालिका २ का रहेका छन् । अन्य दुई जना भने राजविराजका ४० र २८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
आइतबार २७ जनामा संक्रमण पुष्टि भएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५ सय २४ पुगेको छ ।










