
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण समुदायमा फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरोना संक्रमण रोक्नका लागि आगामी रणनीतिबारे छलफल गर्न बसेको कोभिड १९ संंकट व्यवस्थापन केन्द्र(सिसिएमसी)मा रहेका मन्त्रीसँग बुधबार भएको छलफलमा यस्ताे चिन्ता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरस समुदयामा फैलिने खतरा रहेको भन्दै त्यो बेला हुने संकटलाई व्यवस्थापन गर्नका लागि आफ्ना तर्फबाट योजना ल्याउन मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
कोरोनाको संक्रमण समुदायमा पनि बढेकाले अब यसलाई न्यूनिकरणका लागि के गर्ने भन्ने विषयमा छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने छ ।







