धरानमा मृत्यु भएको तीन दिनपछि एक युवकमा कोरोना पुष्टि


धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका एक युवकमा कोरोना पोजिटिभ देखिएको छ । सप्तरीको  राजविराज ४ का २८ वर्षीय युवकको गएको मंगलबार उपचारका क्रममा मृत्यु भएको थियो ।

ज्वरो र सास फेर्न गाह्रो भएका युवकलाई राजविराजको छिन्नमस्ता अस्पतालबाट गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो ।

उनको मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना बुधबार राति कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार