
काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार साँझ थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका ३ का ७० वर्षीया पुरुष र बाराको कलैया उपमहानगरपालिका १० का ५९ वर्षीया पुरुष रहेका छन् ।
रुपन्देहीको देवदहका संक्रमितका देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो ।









