
जनकपुर । जनकपुरमा एक युवक मृ त फे ला परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ९ मा बस्दै आएका करिब २२ वर्षीय अविनाश कर्ण मृ त फे ला परेका हुन् ।
सर्लाही घर भएका उनी केही समयदेखि जनकपुरमा बस्दै आएका थिए । मानसिक सन्तुलन ठिक नभएका उनी तीन दिनदेखि घरबाट वेपत्ता भएका थिए । शनिबार उनी मृ त भेटिएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









