
चितवन । मंगलबार बिहान चितवनको भरतपुर अस्पतालको आइसोलेसन वार्डबाट भागेका को रोना सं क्रमित नुवाकोटमा भेटिएका छन् । भागेको दुई दिनपछि उनी नुवाकोटको बेलकोट ५ मा भेटिएका हुन् ।
उनलाई स्थानीय प्रहरीले बुधबार बिहान सोही ठाउँबाट नियन्त्रणमा लिएको छ । उनी चितवनबाट भागेर साइकलमा नुवाकोट पुगेका प्रहरीले जनाएको छ ।
उनलाई को रोना सं क्रमण पुष्टि भएपछि भदौ ६ गतेदेखि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएका थिए ।










