
चितवन । चितवनमा २४ घण्टामा थप ५२ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेज प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।










