
बेलायत । बेलायतमा डब्ल्यूएचओ र सरकारले कोरोना रोक्नका लागि लगाएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएको छ । बेलायतमा कोरोना रोक्न ठूलो संख्यामा आममानिसलाई भ्याक्सिन लगाउने कदमविरूद्ध हजारौंले प्रदर्शन गरेका हुन् ।
लण्डनको ट्राफाल्गर स्क्वायरमा शनिबार दिउँसो बेलायतका विभिन्न ठाउँबाट आएका उनीहरू प्रदर्शनमा सहभागि भएका थिए । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार कोरोनाभाइरस हाउगुजी हो, फाइभजी नेटवर्कका कारण भएको हो र भ्याक्सिन लगाउनु हुन्न भन्ने धारणा राख्नेहरू प्रदर्शनमा सहभागी भएको थए । प्रदर्शनकारीहरूले विश्व स्वास्थ्य संगठन, अमेरिकी अर्बपति बिल गेट्स र सरकारी प्रतिबन्धविरूद्धका प्लेकार्ड बोकेका थिए।
कोरोना संक्रमण रोक्न लगाइएको आवातजावतमा रोक र मुखमा मास्क अनिवार्य लगाउनु पर्ने नियम खारेज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले बोकेका प्लेकार्ड कोरोनाभाइरस हल्लामात्र भएको उल्लेख गरिएको थियो।
त्यस्तै युरोपकै अर्को मुलुक जर्मनीको बर्लिनमा पनि शनिबार कोरोनालाई हाउगुजीमात्र हो भन्नेहरूले प्रदर्शन गरेका थिए। बर्लिनमा जम्मा भएका झन्डै १८ हजार प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको थियो।















