चितवनमा थप ८७ जनामा कोरोना पुष्टि 

चितवन । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ७३ जना भरतपुर महानगरपालिकाका रहेका छन् ।  त्यस्तै कालिका नगरपालिकाका ८, खैरहनीका ४ र रत्ननगरका २ जना रहेका छन् ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार