
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । केहिबेर अघिबाट रिटमाथि सुनुवाई सुरु भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा परेका मुद्दाको सुनुवाइका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबार वरिष्ठतम न्यायाधीशहरू सहभागी इजलास गठन गरेका हुन् ।
पुर्नगठित इजासलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई रहेका छन्।
मुद्धाको छिनोफानोका लागि केहि समस्या उत्पन्न भएपछि सर्वोच्च अदालतमा नयाँ संवैधानिक इजलास गठन गरिएको हो।
न्यायाधीशहरु र इजलास गठनमाथि नै अधिवक्ताहरुले प्रश्न उठाएपछि वरिष्ठताको आधारमा नयां इजलास गठन गरिएको हो ।
यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा सर्वोच्चले सरकारको निर्णय बदर गरिदिएको थियो ।











