एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक, माधव पक्ष नजाने


काठमाडौं । पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने बताइएको छ । बैठकमा संसद पुनर्स्थापना भैसकेपछि पार्टीभित्र देखिएको समस्याको विषयमा छलफल हुने बताइएको छ ।

यसअघि शुक्रबार पनि एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो । स्थायी कमिटीले एमालेको भूमिका प्रतिपक्षका रुपमा हुने र सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

आजको बैठकमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने सहभागी नहुने बताएका छन् । उनीहरुले स्थायी कमिटी बैठक रोकेर पार्टी भित्रको विवाद समाधानका लागि पहल गर्न माग गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार