
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । आज पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर शाहको सालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् ।शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम गरि मनाईदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ।














