
काठमाडौँ । गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने इलाम २ को उप निर्वाचनमा उम्मेदवार घोषणा गर्न इलाम जाने भएका छन् ।
आउँदो वैशाख १५ गते हुने इलाम २ को उप निर्वाचनमा रास्वपाले उठाउने उम्मेदवारलाई सार्वजनिक गर्न सभापति लामिछाने स्वयम इलाम जान लागेका हुन् । रास्वपाले जनाएअनुसार यहि चैत १७ गते आफ्नो उम्मेदवारको नाम सार्वजनिक गर्न सभापति लामिछाने इलाम जाँदैछन् ।
‘
इलाम २ को उपनिर्वाचनमा चैत्र १४ देखि चैत २४ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न निर्वाचन आयोगले समय तोकेको छ । रास्वपाले चैत ६ गते देखि चैत १४ गते दिउँसो १ बजेसम्म इलाम २ मा उम्मेदवारको आकांक्षीका लागि आवेदन माग गरेको छ । यस समयअविधभित्र परेका आवेदनबाट एकजना उम्मेदवार घोषणा गरिने रास्वपाले जनाएको छ ।
उक्त निर्वाचन क्षेत्रमा एमालेबाट निर्वाचित सुवाश नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।












