काठमाडौं । नेपाली सेनाले विपद प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि १५ हजार सेना खटाएको छ ।
एक सातादेखि भइरहेको बर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुवान भएपछि सेनाले प्रभावित क्षेत्रमा उद्धारा र राहातका लागि सामाग्रीसहितको जनशक्ती खटाएको हो ।
प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद उद्दारका सामग्रीसहित १५ हजार जनशक्ती खटिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगरबार जारि गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सेनाले बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतका लागि ७ वटा हेलिकोप्टर समेत तयारी अवस्थामा राखिएको जनाएको छ । सेनाका अनुसार काठमाडौंमा २ वटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल, र धनुषामा एउटा एमआई १७ हेलिकोप्टर उद्धार र राहातका लागि तयारी अवस्थामा रहेको जनाइएको छ ।
सेनाले अहिले पनि बाढी पहिरो प्रभावित क्षेत्रमा सरकार र जिल्ला विपद व्यवस्थापन समितिले वितरण गर्न तयार गरेको राहत सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरेर प्रभावित क्षेत्रमा पुर्याइरहेको छ । यसका साथै सेनाले देशका विभिन्न ठाउँमा पहिरोले अबरुद्ध गरेका सडकहरु पनि पन्छाएर यातायात सञ्चालनको व्यवस्था मिलाई रहेको जनाएको छ ।










