त्रिशूली नदीमा भेटियो तीन जनाको शव

नुवाकोट । नुवाकोटको त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । शव विदुर नगरपालिका–४ का सीताराम सुनार तथा पहिचान खुल्न नसकेका अर्का एक जनाको रहेको छ ।

उनीहरु दुबैजनाको शव मंगलबार भेटिएको प्रहरीले जनाएको छ । घरबाट हराएको जानकारी पाएपछि प्रहरीले खोजी गर्दा बुनीबेँसीमा शव भेटाएको थियो ।

उनीहरुको खोजी गर्ने क्रममा अर्को एक व्यक्तिको शव पनि भेटिएको छ । उक्त शव भने सडेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार