कांग्रेस सभापति देउवाले भनेः ‘संसद चल्न दिँनौं, सडकमा पनि जान्छौं,

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले संसद चल्न नदिने र सडकमा जाने बताएका छन् । कम्युनिष्ट सरकारले एकपछि अर्को जनताबिरोधी र मानवअधिकारबिरोधी कार्य जारि राखेकालले त्यसको संसद र सडकबाट घोर बिरोध गर्ने बताएका हुन ।
वीपी स्मृति दिवसको अवसरमा शहीद स्मृति प्रतिष्ठान काठमाडौंले आयोजना गरेको कार्यक्रममा पुर्र्ब प्रधानमन्त्री समेत रहेका देउवाले प्रस्तावित ‘दुरसञ्चार ऐन’ को पनि घोर विरोध गरे । सरकारले हुँदाहुँदा टेलिफोनमा गाली गर्‍यो भने एक वर्ष जेल, र कति हजार जरिवाना गर्ने रे, यदि यो साँचो हो भने टेलिफोन ट्यापिङ हुने भइहाल्यो, जुन ब्यक्तीको गापनियताको अधिकारबिरोधी कार्य हो ।
टेलिफोन ट्याप गर्ने र आफ्ना विरोधीहरुलाई फोन गर्दै गाली गर्‍यो भन्दै ठेगान लगाउने सरकारको रणनिती रहेको भन्दै आक्रोष ब्यक्त गरे ।
बर्तमान सरकार पे्रस, मानवअधिकार लगायतका महत्वपुर्ण बिषयमा गम्भिर नरहेकाले अधिनायवादतर्फ उन्मुख रहेको प्रष्ट हुन्छ, उनले भने ।
सभापति देउवाले अहिलेकै अवस्थामा मिडिया काउन्सिल विधेयक र राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक पास हुन नदिने चेतावनी समेत दिए । सरकारका गलत काम नसच्चिएसम्म काँग्रेसले संसद चल्न नदिने र सडकमा पनि उत्रिन बाध्य हुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार