काठमाडौं । काठमाडौं । सरकारले उद्योगी, व्यवसायीहरुमाथि चार गुना कर बढाएको भन्दै बिरोध जनाएका छन् ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा सहभागि उद्योगी, व्यवसायीहरुले चालू आर्थिक वर्षबाट सरकारले एकैपटक चार गुणा कर बढाएको भन्दै बिरोध गरेका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले सरकारले एकैचोटी चार गुणा कर बृद्धी गरेको बताए ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत व्यवसायीहरु करको दोहोरो मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । उनले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता जनाए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गरे । उनले व्यवसायीलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने पनि स्पष्ट पारे ।







