
काठमाडौँ । आफुलाई प्रेम नगरेको भन्दै वीरगञ्जमा एक किशोरीमाथि एसिड प्रहार भएको छ । शुक्रबार बिहानै करिब ६ बजेतिर बिधालय पोसाकमै रहेकी १५ वर्षीया किशोरीमाथि एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ मामा घरमा बस्दै आएकी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।
घरबाट विधालय जाने क्रममा वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा सैलुनमा लुकेर बसेका दुई जना युवाले उनिमाथि एसिड छ्यापेर भागेका थिए ।

सम्साद मिया
किशोरीमाथि एसिड छ्याप्ने वीरगञ्ज महानगरपालिका २ छप्कैया बस्ने १६ वर्षका सम्साद मियालाई प्रहरीले पक्राउ गरेको छ ।
उनका साथी माजिद आलम भने फरार रहेका छन, प्रहरीले उनको खोजि गरिरहेको छ ।
एसिड प्रहारबाट किशोरीको दाहिने गाला, छाती र हात जलेको छ । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले उद्धार गदै उनलाई स्थानिय अस्पतालमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित फेक्ट अस्पतालमा ल्याइएको छ ।










