कृषि विकास बैंक चोरीका मुख्य योजनाकार अफ्रिकन ‘काले’


काठमाडौं । कृषि विकास बैंक चोरीका मुख्य योजनाकार अफ्रिकी मुलका “काले” भनिने पिटर रहेको खुलेको छ ।
बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको मुख्य योजनाकार पिटर नै भएको प्रहरीले दावी गरेको छ ।

प्रहरीका अनुसार उनी भारतको मम्बईमा बस्दै आएका छन् । उनकै मुख्य योजनामा बैंकमा चोरी भएको प्रारम्भिक अनुसंनधानबाट खुल्न आएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

एसएसपी थापाका अनुसार मुख्य नाइके भनिएका पिटरले नेपाली लगायत अँग्रेजी र हिन्दी भाषा बोल्दछन ।
पिटरले नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीले जानकारी पाएको एसएसपी थापाले दाबी गरे ।

पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, कैलाश विकास र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ ।

पिटरको समुहले हृयाक गरेर कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेको थियो ।

लुटेको रकम हुण्डीमार्फत भारत पठाउने गरेको समेत प्रहरी अनुसंन्धानबाट खुलेको छ । बैंक तथा वित्तिय संस्थाहरु लुट्नमा पिटरलाई सहयोग गर्नेले १५ देखि ३५ प्रतिशत कमसिन पाउने गरेको प्रहरीको दावी छ ।

कृषी विकास बैंक लहान शाखाबाट रकम लुट्ने पिटर समुहका १२ जनालाई प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ । पक्राउ परेका उनिहरुमाथि बैकिङ कसुर सम्बन्धी संगठित अपराधमा मुद्धा चलाइने एसएसपी थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार