
काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने महिलाले आफु डिप्रेसनको औषधी खाँदै गरेको बताएकी छन् । संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको र कर्मचारी समायोजनको रिसले आफूले गलत आरोप लगाएको बताएकी छन् ।
सभामुख महराले आफुलाई बलात्कार गरेको उनले केही अनलाईन मिडियालाई बताए पछि यो खबर एकाएक चर्चामा आएको हो । सभामुख नै बलात्कारको आरोपमा मुछिएपछि मंगलबार सभामुखले नैतिकताको आधारमा राजीनामा समेत दिए ।
रोशनीले कर्मचारी समायोजनको रिसमा आफुमाथि बलात्कारको आरोप लगाएको सभामुख महराले बताउदै आएका छन् । रोशनीले नागरिक खबरसँग मंगलबार नै घटना बारे प्रतिक्रिया दिदैं आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको बताएकी छन् ।
भिडियो सहितको प्रतिक्रियामा उनले महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले भनेका सबै कुरा गलत भएको बताएकी छन् ।
साथै उनले आफुले कर्मचारी समायोजनको रिसमा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएको पनि दाबी गरिन् ।
आफुले विगत आठवर्षदेखि डिप्रेसनको औषधि आइरहेको पनि जानकारी गराएकी छन् ।
याे पनि पढ्नुहाेस्
पीडितको मौखिक उजुरीका आधारमा महरामाथि प्रहरीकाे अनुसन्धान सुरू
हाम्रा भिडियाे सामाग्री पनि हेर्नुहाेस् ।।













