सभामुखले बलात्कार गर्यो भन्ने महिला डिप्रेसनको औषधी खाँदै, कर्मचारी समायोजनको रिसले आरोप लगाएको भनाई

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने महिलाले आफु डिप्रेसनको औषधी खाँदै गरेको बताएकी छन् । संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको र कर्मचारी समायोजनको रिसले आफूले गलत आरोप लगाएको बताएकी छन् ।

सभामुख महराले आफुलाई बलात्कार गरेको उनले केही अनलाईन मिडियालाई बताए पछि यो खबर एकाएक चर्चामा आएको हो । सभामुख नै बलात्कारको आरोपमा मुछिएपछि मंगलबार सभामुखले नैतिकताको आधारमा राजीनामा समेत दिए ।

रोशनीले कर्मचारी समायोजनको रिसमा आफुमाथि बलात्कारको आरोप लगाएको सभामुख महराले बताउदै आएका छन् । रोशनीले नागरिक खबरसँग  मंगलबार नै घटना बारे प्रतिक्रिया दिदैं आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको बताएकी छन् ।

भिडियो सहितको प्रतिक्रियामा उनले महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले भनेका सबै कुरा गलत भएको बताएकी छन् ।

साथै उनले आफुले कर्मचारी समायोजनको रिसमा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएको पनि दाबी गरिन् ।
आफुले विगत आठवर्षदेखि डिप्रेसनको औषधि आइरहेको पनि जानकारी गराएकी छन् ।

याे पनि पढ्नुहाेस्

जाहेरी बारे श्रीमानसँग सल्लाह गर्छु : पीडित महिलाको भनाई

पीडितको मौखिक उजुरीका आधारमा महरामाथि प्रहरीकाे अनुसन्धान सुरू

हाम्रा भिडियाे सामाग्री पनि हेर्नुहाेस् ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार