पूर्वसभामुख महराको निवेदनउपर आज उच्च अदालतमा सुनुवाइ हुंदै,कस्तो आउला आदेश ?


काठमाडौं । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कष्णबहादुर महराको निवेदन उपर आज (बिहीबार) उच्च अदालत पाटनमा सुनुवाई हुंदैछ ।

जिल्ला अदालत, काठमाडौंको कारागार पठाउने आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए ।
फौजदारी कार्यविधि संहिता-२०७४ मा रहेको व्यवस्था बमोजिम महराले उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुन लागेको हो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उच्च अदालतमा महराले दिएको निवेदन उपर अदालतले पीडित भनिएकी महिला कर्मचारीसँग बयान लिइसकेको छ । जसमा उनले आफूमाथि करणी नभएको दाबी गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार