बुटवल । रूपन्देहीको तिलोत्तमामा बुद्धमूर्ति तोडफोडमा संलग्न व्यक्तिहरुलाई प्रहरीले एक महिना बित्दा पनि पहिचान गर्न सकेको छैन ।
बुद्ध जन्मस्थलको पहिचान दर्शाउन तिलोत्तमाको शंकरनगर चोकदेखि नयाँ मिलसम्म राखिएका २० बुद्ध मूर्तिमध्ये पाँच गत साउन १ गते अज्ञात समूहले तोडफोड गरेको थियो ।
उक्त घटनाको चौतर्फी विरोध र निन्दा भएको थियो । घटनापछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले जिल्लाका सुरक्षा निकाय प्रमुखहरुलाई मूर्ति तोडफोड गर्नेलाई यथाशीघ्र कारबाही गर्न निर्देशन दिएका थिए । यस्तै दर्जन बढी संघसंस्था र बौद्धमार्गीले पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका थिए ।
सीसीटीभी क्यामेरा नहुँदा तोडफोड गर्नेको हुलिया पत्ता नलागेको र अनुसन्धान गर्न गाह्रो भएको प्रहरी भनाइ छ ।
मूर्ति तोडफोडलाई लिएर चौतर्फी आलोचनापछि जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीम भट्टराईको नेतृत्वमा ६ सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । तर घटना भएको एक महिना पूरा हुँदासम्म प्रहरीले मूर्ति तोडफोड गर्नेको पहिचान गर्न त परै जाओस् अनुसन्धानको आधारसमेत फेला पार्न सकेको छैन ।
यो पनि पढ्नुस
शालिकरामकी श्रीमतीले दिइन् रवि लगाएत ३ जना बिरुद्ध जाहेरी (भिडियोसहित)
हाम्रा भिडियो समाग्री पनि हेर्नुहोस











