आगलागीमा छोरा गुमाएका वडाध्यक्ष खनालको हृदयघातबाट मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरका पूर्णबहादुर खनालको हृदयघातका कारण मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका उनको उपचारका क्रममा किर्तिपुर अस्पतालमा हृदयघात भएर मृत्यु भएको हाे ।

उनले बैशाख ८ गते आगलागीमा १७ वर्षीय छोरा गुमाएका थिए । शान्तिपुरमा रहेको घर संगैको खनाल स्टोर्स पसलमा आगलागी हुँदा उनका छोराको मृत्यु भएको थियो भने श्रीमती र उनी घाइते भएका थिए । उनकी श्रीमती रुपा खनालको अहिले पनि  किर्तिपुरको सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

खनालको बुधबार अस्पतालमा हृदयघात भएर मृत्यु भएको बताइएको छ । खनाल बाग्लुङ्ग वरेङ्ग गाउँपालिका ३ का वडाध्यक्ष समेत रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार