नवलपरासी । आफ्नो कारखानामा काम गर्ने क्रममा मृत्यु भएका मजदूरको परिवारले होङसी सिमेन्टले २५ लाख क्षतिपूर्ति दिने भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा रहेको कारखानामा काम गर्ने क्रममा एक मजदूरको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका ४ का २५ वर्षीय मदनदास श्रेष्ठ रहेका छन् । उनकाे कारखानामा रहेको त्रिपाल झिक्ने क्रममा दोस्रो तल्लाबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
कारखानाले श्रेष्ठको बिमा रकम १० लाखमा १५ लाख थपेर २५ लाख दिने सहमति भएको छ । क्षतिपूर्ति दिने सहमतिपछि परिवारले भरतपुर अस्पतालमा रहेको मृतकको शब बुझेका छन् । सहमतिपछि अस्पतालले शव पोष्टमाटर्म गरी आफन्तलाई जिम्मा लगाएको छ ।
याे पनि पढ्नुहाेस्








